माओवादी महाधिवेशनः समुहबाट आएका सुझाव प्रतिवेदनमा समेट्ने प्रचण्डको प्रतिबद्धता
-आस्था न्यूज
पुस १६, २०७८ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् ।
माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्नको जवाफ दिनेक्रममा दाहालले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताएका हुन् ।
ुप्रतिवेदन मूलतः सही छ भन्दै सुझाव आएको उल्लेख गर्दै दाहालले आमूल परिवर्तन आवश्यक नदेखिएको बताए । दाहालले भने, टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मूल स्परिट सही छ भन्नुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । त्यो पनि सुझाव नै हो, दाहालले भने, म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु यो सिँगै हलको साझा प्रतिवेदन भयो । सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरुले पाउनुहुन्छ । म्यासिभ परिवर्तन गर्नुपर्ने मैले देखेको छैन । तर सबै सुझाव समेटिन्छ ।
अध्यक्ष दाहालले बन्दसत्रको पहिलो दिन सोमबार २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । प्रतिवेदन सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा पनि प्रतिनिधिलाई नबाँडिएको भन्दै नेतृत्वको आलोचना भएको थियो । प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन गरिएको थियो ।
आफ्नो पार्टीको महाधिवेशनले सिंगो देशकै ध्यान आकर्षित गरेको भन्दै दाहालले त्यो उद्घाटन सत्रमै पुष्टि भएको उल्लेख गरे । हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ र महाधिवेशन उद्घाटनमै पनि यहाँहरुले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नु भो, दाहालको भनाइ थियो ।
सुझाव पेस गर्ने क्रममा नेताहरुले पार्टी पछाडि हट्न लागेको हो किन भन्ने चिन्तालाई आफूले सकारात्मक रुपमा लिएको बताए । मैले यसो बाहिर पनि नियाल्दा र सुन्दा माओवादी पछाडि फर्किन्छ कि भन्ने चिन्ता गरे जसरी नेतृत्वको आलोचना भयो भनिन्छ, उनले भने, त्यो भनेको माओवादी फेरि अर्को के(के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दै छ भनेर ठानेका छन्, यो सकारात्मक नै हो ।