आर्थिक प्रसङ्ग
चैत्र १८,२०७३
-
१८,२०७३चैत्र,काठमाडौँ-
निजी हवाई सेवा प्रदायक हिमालयको तेस्रो विमान आइपुगेको छ ।
शुक्रबार(आज) ए-३२०-२१४ सिरिजको नयाँ न्यारोबडी विमान बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेको हो।
अन्तराष्ट्रिय उडान सुरु गरेको एक वर्षमै एयरलान्सले तीन वटा जहाज ल्याएको छ ।
कम्पनीको दोस्रो विमान फाल्गुनमा आएको थियो । दोस्रो विमान आएको एक महिनामा नै कम्पनीको तेस्रो विमान आज काठमाडौँ आएको हो ।
एयरलाइन्सले एयरबस कम्पनीबाटै सिधै खरिद गरिएको सोही विमान ल्याउनको लागि हिमालायले नेपालबाट दर्ता नम्बर पाइसकेको छ । उसले यो नयाँ विमानको लागि 'नाइन एन-एएलडब्लु' नम्बर पाएको हिमालयले जानकारी दिएको छ।
२०७३ जेठदेखि दोहा, कतार र अक्टोबर १, २०१६ मा कोलम्बो उडान सुरु गरेको हिमालयले अबको एक वर्षभित्र एरबस वाइडबडी विमान ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका प्रत्यक्ष उडान गर्ने योजना समेत बनाएको छ ।
प्रमुख समाचार