आश्विन ०५,२०७४
-
५ आश्विन,काठमाडौँ-
साफ-यु १८ च्याम्पियनसिपको पहिलो खेलमा साबिक विजेता नेपाल भुटानसँग स्तब्ध भएको छ। बुधबार सम्पन्न समूह चरणको पहिलो खेलमा नेपालले आयोजक भुटानलाई १-० को नतिजा सुम्पिएको हो। नेपाली युवा टोली भुटानसँग पराजित भएको यो पहिलो पटक हो।
५९ औं मिनेटमा ओर्गेन वाङचुङ छिरिङले पेनाल्टीमा गरेको गोल नै भुटानको जितमा पर्याप्त भयो। अनिश भुसालले पेनाल्टी बक्समा हातले बल छोएपछि भुटानले पेनाल्टीको अवसर पाएको थियो।
प्रतियोगितामा भुटानको यो लगातार दोस्रो जित हो। यसअघि समूहको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो। दुई खेलमा ६ अंक जोडेको भुटान समूहको शीर्ष स्थानमा छ। ३ अंक जोडको बंगलादेश दोस्रो स्थानमा छ।
प्रमुख समाचार
सम्वन्धित समाचार