Trending :
 

माओवादी केन्द्रमा तीन आयोगको नेतृत्व चयन

पौष १८,२०७८

-आस्था न्यूज

पुस १८, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुंगाएको छ ।
 
प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो ।
 
अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा बिष्णु पुकार चयन भएका छन् । राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै थिए ।