अन्तराष्ट्रिय प्रसङ्ग:
आश्विन ०५,२०७४
-एजेन्सी
५ आश्विन,राष्ट्रसंघ-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको ७२औं महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले उत्तर कोरियाले जारी राखेको परमाणु कार्यक्रमको चर्को विरोध गरे ।
उनले उत्तर कोरियाली नेता किम जोङ–उनको परमाणु हतियारबाट लैस शासन छिमेकी राष्ट्रका लागि खतरा बनिरहेको भन्दै अमेरिकाले सैन्य कारबाहीमार्फत उत्तर कोरियालाई ध्वस्त बनाउनुपर्ने हुन सक्ने बताएका छन् ।
उनले अमेरिकाले अहिलेसम्म धैर्यतापूर्वक काम गरेको भन्दै आफ्नो र आफ्ना सहयोगीको रक्षाका लागि अमेरिका तयार रहेको समेत बताए ।
प्रमुख समाचार
सम्वन्धित समाचार