प्रदेश २ को नाम र राजधानी टुंग्याउन दलहरूबीच छलफललाई तीव्रता
-आस्था न्यूज
पुस १९, २०७८ काठमाडौं ।
प्रदेश २ को नाम र राजधानीको टुंगो लगाउन बसेको विशेष समितिले छलफललाई तीव्रता दिएको छ ।
प्रदेश सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठन गरिएको उक्त समितिले काम थालेको १५ दिन भित्र प्रदेशको नामाकरण र राजधानी विषयमा सघन छलफल प्रतिवेदन प्रदेश सभामा पेस गर्न समय दिएको छ ।
सीमित समय तोकिएकाले समितिको नियमित बैठक बस्ने गरेको सभामुख यादवले बताए । समितिको कार्यविधि पास भइसकेको भन्दै सभामुख यादवले दलहरूले प्रदेशको नाम र राजाधानी प्रस्तावमा सकरात्मक छलफल भइरहेको उनले बताए ।
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ भने एमाले र नेकपा एसले जानकी, कांग्रेसले मिथिला–भोजपुरा नाम प्रस्ताव गरेका छन् । पर्सा केन्द्रित सबै पार्टीका सांसदहरूले मध्य मधेस नाम राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।
समितिमा दलहरूले गरेको प्रस्तावका साथै स्वतन्त्र रूपमा सासदहरूले गरेको प्रस्तावमा पनि छलफल भइरहेको सभामुख यादवले बताए ।