Trending :
 

राष्ट्रिय सभाका लागि एकीकृत समाजवादीले छान्यो ५ उम्मेदवार

पौष १९,२०७८

-आस्था न्यूज

पुस १९, २०७८ काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो । 
 
सो पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाका अनुसार अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा, र सुदूरपश्चिमबाट मदनकुमार साह (गरिमा) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
 
आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।