सेयर परिसूचक ६३ अंकले वृद्धि

पौष २०,२०७८

-आस्था न्यूज

पुस २०, २०७८ काठमाडौं ।
मंगलबार सेयर बजारको परिसूचक नेप्से ६३.०१ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २६७९ अंकमा पुगेको छ । कारोबार रकम भने खुम्चिएको छ । सोमबार ४ अर्ब ५३ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३२ करोडमा सीमित भएको छ । 
 
उत्पादन समूह ४२ र अन्य उपसमूह ६ अंकले घटे । तीबाहेकका सबै उपसमूह बढेका छन् । बैंकिङ ६३, विकास बैंक २३२, फाइनान्स ७९, होटल तथा पर्यटन ६४, जलविद्युत ८७, लगानी २, जीवन बीमा १६०, माइक्रोफाइनान्स ९१, निर्जीवन बीमा ४० र ब्यापार समूह ५६ अंकले बढेका छन् ।
 
४ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । श्रीइन्भेष्टमेन्ट फाइनान्स, सप्तकोसी विकास बैंक, मध्यभोटेकोसी जलविद्युत र एसबिआई बैंकको मूल्य १० प्रतिशत बढेको हो । सिन्धु विकास बैंकको मूल्य ९।४ प्रतिशतले बढ्यो । कारोबारका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो ।