न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेटमा बंगलादेश आठ विकेटले विजयी

पौष २१,२०७८

-आस्था न्यूज

पुस २१, २०७८ काठमाडौं।
न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेटायो ।
 
पहिलो पारीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले जम्मा एक सय ६९ रन मात्रै बनाउन सक्यो  । उसका विल योङले ६९ रन बनाए । बंगलादेशका लागि इबदुत हसिनले ६ तथा तस्कीन अहमदले तीन विकेट लिए । दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड भ्रमणमा छ ।
 
घरेलु मैदानमा १७ खेलमा अपराजित रहेको विश्व टेष्ट च्याम्पियन न्युजिल्याण्डलाई हराएर बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो । बंगलादेशले टेष्ट क्रिकेटमा न्युजिल्याण्डलाई हराएको यो पहिलोपटक  हो । यस्तै, बंगलादेशले न्युजिल्याण्डमा भएका कुनै पनि फर्म्याटका खेल अहिलेसम्म जित्न सकेको थिएन ।  यो नै न्युजिल्याण्डमा बंगलादेशको पहिलो जित हो ।