नेप्सेमा ३० अंकको गिरावट

पौष २१,२०७८

-आस्था न्यूज

पुस २१, २०७८ काठमाडौं ।
बुधबार सेयर बजारको परिसूचक नेप्से ३०.७५ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २६४९ अंकमा झरेको छ । कुल ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । फाइनान्स र जलविद्युत उपसमूह बढेका छन् भने अरु सबै घटेका छन् । फाइनान्स २ र जलविद्युत उपसमूह १४ अंकले बढे । 
 
बैंकिङ २७, विकास बैंक ७९, होटल तथा पर्यटन ६९, लगानी १, जीवन बीमा ५६, उत्पादन ५१, माइक्रोफाइनान्स ११०, निर्जीवन बीमा २२८, अन्य ३ र ब्यापार उपसमूह ५० अंकले घटे । बुधबार कुल १३४ कम्पनीको मूल्य घट्यो भने ५२ को बढ्यो ।
 
मध्यभोटेकोसी जलविद्युतको मूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढ्यो । कम्पनीको मूल्य प्रतिकित्ता २१४.२० पुगेको छ । छ्याङदी हाइड्रोको ५.४, तेह्रथुम पावरको ५.४, जनउत्थान सामुदायिक लघुवित्तको ४ र विशालबजार कम्पनीको ४ प्रतिशतले नै मूल्य बढेको छ ।
 
विजय लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अगाडि रह्यो ।