कारवाओ कपः चेल्सीद्वारा टोटनहम २-० अन्तरले पराजित

पौष २२,२०७८

-आस्था न्यूज

पुस २२, २०७८ काठमाडौं ।
कारवाओ कपको पहिलो सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सीले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ ।  बुधबार राति चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा काई हाभर्टजले गोल गर्दा १ गोल उपहारपाएसँगै चेल्सीले फाइनल सम्भावना उच्च बनाएको हो । 
 
खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लियो । ३४औं मिनेटमा आर्सनलका विन डेभिसले आत्मघाती गोल गरेपछि चेल्सीले पहिलो हाफमा २(० को अग्रता बनायो । चेल्सीले पहिलो हाफमा गरेको अग्रता जोगाउँदै आर्सनलमाथि दबाब राख्यो । दोस्रो लेग टोटेनहमको मैदानमा १२ जनवरीमा हुनेछ । 
 
आज हुने भनिएको लिभरपुल र आर्सनलबीचको दोस्रो सेमिफाइनल खेल कोभिडका कारण स्थगित भएको छ । दुबै खेल १३ र २० जनवरीमा हुनेछ । फाइनल  खेल भने २७ फेब्रुअरीमा हुनेछ । ​