Trending :
 

संसदको अवरोध हटाउन दलहरुका बीचमा सहमतिको बिन्दु खोजौंः रामचन्द्र पौडेल

पौष २२,२०७८

-आस्था न्यूज

पुस २२, २०७८ काठमाडौं ।
सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् । 
 
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली काँग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजि गर्नुपर्ने बताएका हुन् । 
 
उनले समितिको बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिए । उनले सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताए ।