दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हरायो

पौष २३,२०७८

-आस्था न्यूज

पुस २३, २०७८ काडमाडौं।
 
दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले हराएको छ ।
 
यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १-१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो ।
 
जोहनिसबर्गमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४० रनको चुनौती दिएको थियो । कप्तान डिन एल्गरको अभिजित ९६ रनको मद्दतमा दक्षिण अफ्रिकाले सहज जित निकाल्यो ।
 
भारतले पहिलो पारीमा २०२ र दक्षिण अफ्रिकाले २२९ रन बनाएका थिए । दोस्रो पारीमा भारतीय टोलीले २६६ रन बनाएको थियो । भारतका नियमित कप्तान बिराट कोहली खेलेका थिएनन् । भारतको कप्तानी केएल राहुलले गरेका थिए ।