नाइजेरियामा बन्दुकधारी समूहबाट झण्डै दुई सय जनाको हत्या

पौष २५,२०७८

-आस्था न्यूज

पुस २५, २०७८ काठमाडौं ।
बन्दुकधारीहरुले नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको हत्या गरेको स्थानीय बासिन्दाले दाबी गरेका छन् ।
 
बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको स्थानीय बासिन्दालाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
 
घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिले पुष्टि गर्न बाँकी छ । सयौँ लडाकु मोटरसाइकलमा आएर १० वटा गाउँमा आक्रमण गरेको खबरमा उल्लेख छ । नाइजेरियामा लामो समयदेखि लडाकु समूहले हिंसात्मक गतिविधि गर्दै आएका छन् ।
 
सरकारी पक्षले ती समूहलाई आतङ्कवादी घोषणा गरी सुरक्षा कारबाही गर्दै आएको छ ।