न्युयोर्कको एक अपार्टमेन्टमा आगलागी, १९ जनाको मृत्यु

पौष २६,२०७८

-आस्था न्यूज

पुस २६, २०७८ काठमाडौं । 
अमेरिकाको न्युयोर्कस्थित एक अपार्टमेन्टमा आइतबार आगलागी हुँदा ९ जना बालबालिकासिहत कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
 
न्युयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा घाइते भएका ३२ जनालाई अस्पताल लगिएको छ । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
 
१९ तले भवनका सबै तलामा घाइते भेटिएको अग्नि नियन्त्रण विभागका आयुक्त ड्यानियल निग्रोले जानकारी दिएका छन् । न्युयोर्कमा ३० वर्षयता नै आगलागीबाट धेरै जनाको मृत्यु भएको उनले बताए । उनका अनुसार आगो भवनको दोस्रो तलामा लागे पनि धूवाँ भने सबै तलामा पुगेको थियो ।
 
अधिकारीहरूले इलेक्ट्रिक हिटरमा खराबीका कारण आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् । आगो निभाउन करिब २ सय दमकल प्रयोग गरिएको थियो ।
 
यसअघि शनिबार मात्र फिलाडेल्फियाको एक अपार्टमेन्टमा आगलागी हुँदा ८ जना बालबालिकासहित १२ जनाको मृत्यु भएको थियो ।