देशभर ८३ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत

पौष २७,२०७८

-आस्था न्यूज

पुस २७, २०७८ काठमाडौं ।
नेपालमा देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा ८३ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्याङ्क अनुसार देशभरका विभिन्न विभिन्न आईसीयू ६७ र भेन्टिलेटरमा १६ जना कोरोना संक्रमितको उपचार भइराखेको छ ।
 
प्रदेश १ मा ७ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश २ मा एक जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ४३ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचारत रहेको मन्त्रायले जनाएको छ।
 
गण्डकी प्रदेशमा चार जना आईसीयूमा उपचाररत छन्। लुम्बिनी प्रदेशमा १० जना आईसीयूमा उपचाररत रहेका छन् । कर्णली र सुदूरपश्चिममा दुई जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन्।
 
नेपालमा अहिलेसम्म आठ लाख ३३ हजार ९४६ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा आठ लाख १४ हजार ४८५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ११ हजार ६०६ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबारसमम सात हजार ८५५ जना संक्रिय संक्रमित रहेका छन् ।