सिमा नाकामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

पौष २७,२०७८

-आस्था न्यूज

पुस २७, २०७८ दाङ । 
 
नेपालगञ्जको जमुनाहा नाकाको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।
 
भारतबाट नेपाल प्रवेश गरेकाहरुको कोरोना संक्रमण परीक्षण गर्न खटिएका उनीहरुमा पनि संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले बताए ।
 
अहिले उनीहरुलाई आइसोलेसनमा पठाएर अन्य कर्मचारीमार्फत परीक्षण भइरहेको वलीले बताए ।
 
भारतमा संक्रमण तीव्र रुपमा बढेपछि नेपालगञ्ज नाकामा भारतबाट फर्केनेहरुको भिड छ । दैनिक एक हजार भन्दा बढी मानिसहरु नेपाल प्रवेश गरिरहेका छन् ।
 
मंगलबारमात्रै नाकामा भारतबाट फर्केका ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन वलीले बताए ।