एमाले सुर्खेतको अध्यक्षमा अमृत विसी विजयी

पौष २८,२०७८

-आस्था न्यूज

पुस २८, २०७८ काठमाडौं ।
नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्षमा अमृत विसी विजयी भएका छन् । प्रतिस्पर्धी डण्डिप्रसाद शर्मालाई चुनावी प्रक्रियामा हराउँदै विसी निर्वाचित भएका हुन् ।
 
बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विसीले ३६८ र शर्माले २६७ मत ल्याएका निर्वाचन समितिका सदस्य गंगाराम तिमिल्सिनाले जानकारी दिए ।
 
उपाध्यक्षमा पनि विसी प्यानलकै कूलमणी देवकोटा निर्वाचित भएका छन् । उनले ३९४ मत ल्याउँदा शर्मा प्यानलका ऋषी गिरीले २२६  मत ल्याएका छन् ।
 
त्यस्तै सचिवमा कविन्द्र कुमार केसीले ३९० मत ल्यायर विजयी हुँदा अर्का प्रतिस्पर्धी रेशम रानाले २३३ मत ल्याएका छन् ।
 
उपसचिवमा पनि विसी प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन् । उपसचिवमा घनश्याम पाण्डे (३९१) र बलबहादुर नेपाली (३६९) विजयी भएका हुन् ।