Trending :
 

लोरियलकी मालिकको निधन:

विश्वकै सबैभन्दा धनी बेटेनकोर्टको मृत्यु

आश्विन ०६,२०७४

-

६ आश्विन,काठमाडौँ-

विश्वकै धनी महिला लिलियान बेटेनकोर्टको निधन भएको छ। श्रृंगार सामान उत्पादक कम्पनी लोरियलकी मालिक ९४ वर्षीया लिलियानको घरमै मृत्यु भएको बीबीसीले जनाएको छ।

सन् २०१७ मा लिलियानको कुल सम्पत्ति ४० अर्ब डलर रहेको बताइको छ। उनी विश्वकै धनी महिला थिइन्।

उनको कम्पनी लोरियल विश्वकै अग्रणी कम्पनी हो जसले सबै किसिमका श्रृंगार सामाग्री उत्पादन गर्दै आएको छ।