एकै दिन ५ हजार ८७ जना कोरोना संक्रमित थपिए, ७७ जिल्लामै संक्रमण

पौष ३०,२०७८

-आस्था न्यूज

पुस ३०, २०७८ काठमाडौं ।
 
शुक्रबार ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
 
देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।
 
काठमाडौं उपत्यकामा मात्रै २६०७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयको तथ्यांक अनुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला ६  पुगेको छ । काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, कास्की र सुनसरीमा सक्रिय संक्रमित संख्या ५ सय नाघेको हो ।