बतास समूहको धर्मशाला त सेभेन स्टार होटलजस्तो ! मन्त्री आले

माघ ०२,२०७८

-आस्था न्यूज

माघ २, २०७८ काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला सेभेन स्टार होटेलजस्तो भएको र यो देखेर आफू ‘सक्ड’ भएको बताएका छन् ।
 
आइतबार छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेका मन्त्री आलेले बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशाला ‘सेभेन स्टार होटलजस्तो’ भएको बताए ।
 
छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एक जना बस्दा ५ हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको पाइएको पनि बताए ।
 
उनले आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको र जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने पनि दाबी गरे ।