आइतबार नेपालमा ४ हजार ९६१ कोरोना संक्रमित थपिए

माघ ०२,२०७८

-आस्था न्यूज

माघ २, २०७८ काठमाडौं ।
आइतबार नेपालमा ४ हजार ९६१  कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १३१ परीक्षणमा देशभरमा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआरमा ५ हजार ५३४ र २ हजार ५६९ को एन्टिजेन परीक्षण गर्दा ४२७ लाई संक्रमण देखिएको हो । यो सँगै सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ ।
 
यस्तै २४ घण्टामा ४३५ संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । २४ घण्टामा ५४ हजार ३१२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।