Trending :
 

प्रदेश २ को नाम मधेस पारित, राजधानी जनकपुरधाम

माघ ०३,२०७८

-आस्था न्यूज

माघ ३, २०७८ काठमाडौं ।
 
प्रदेश सभामा सोमबार भएको मतदानमा प्रदेश २ को नाम मधेस  पारित भएको छ । दुई तिहाई बहुमतले पारित भएपछि अब प्रदेश २ को नाम मधेस प्रदेश भएको छ । झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ । 
 
 
सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो । 
 
विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।
 
सत्तारूढ जनता समाजवादी पार्टी ९जसपा० र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो । 
 
योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वतस् निस्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरे ।