Trending :
 

एमालेले २५ जनाभन्दा धेरैको उपस्थितिमा कार्यक्रम नगर्ने

माघ ०३,२०७८

-आस्था न्यूज

माघ ३, २०७८ काठमाडौं ।
नेकपा एमालेले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर २५ जनाभन्दा धेरैको उपस्थितिमा पार्टी  तथा जनसङ्गठनका कार्यक्रम नगर्न निर्देशन दिएको छ । 
 
पार्टी केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्मनाथ अधिकारीले आज प्रदेश र सबै जिल्ला कार्यालयलाई आन्तरिक सर्कुलर गरी कोरोनाको तेस्रो लहरसम्बन्धी सरकारले  लागू गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न निर्देशन दिनुभएको हो । 
 
यस्तै, पार्टीका आन्तरिक बैठक, भेला, छलफलजस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाउँदै गर्न र पार्टीका स्थानीय कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधि कोभिड-१९ को महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै नागरिकको सेवामा सक्रिय रहन भनिएको छ ।