आश्विन ०६,२०७४
-
६ आश्विन,काठमाडौँ-
बलिउडका एकताका सफल अभिनेता सन्नी देवल ले एक अन्तरवार्तामा बलिउडका टप हिरोइनहरुको विषयमा गुनासो पोखेका छन् ।
उनी भन्छन्, ‘मैले धेरै वटा ठूला बजेटका फिल्महरुमा काम गरेँ, तर ती फिल्ममा प्रायजसो लो प्रोफाइलका हिरोइन मात्र थिए ।’
सन्नीका अनुसार उनले ‘घायत’ फिल्मका लागि श्रीदेवीलाई एप्रोच गरेका थिए । तर श्रीदेवीले ठाडै नकारिन् । यसैगरी अर्को एउटा फिल्मको प्रस्ताव बोकेर ऐश्वर्या रायकहाँ पुगेका थिए । तर, ऐश्वर्याले पनि उनलाई बाल दिइनन् ।
‘ती हिरोइनहरुलाई लागेको हुन सक्छ कि मैले खेल्ने फिल्म पुरुषप्रधान हुनेछ र उनीहरुको बलियो भूमिका हुनेछैन ।’
सन्नीले आफ्नो छोरा करण देवललाई पनि बलिउडमा लन्च गर्दैछन् । आफ्नै होम प्रोडक्सन फिल्मबाट उनले छोराको डेब्यू गर्न लागेका हुन् । हेरौं करणको करिअर कत्तिको सफल हुन्छ ।
प्रमुख समाचार