Trending :
 

सहमति जुटे वैशाखमा संघीय र नभए स्थानीय चुनावमा जाने समझदारी

माघ ०७,२०७८

-आस्था न्यूज

माघ ७, २०७८ काठमाडौं ।
सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताले राजनीतिक सहमति जुटे वैशाखरजेठमा संसदीय र नजुटे स्थानीय तहको चुनावमा जाने समझदारी गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार तेस्रो विकल्पका रूपमा तीनवटै चुनाव एकै पटक गर्ने विषयमा समेत छलफल भएको छ । 
 
चुनावबारे थप छलफलका लागि गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक शुक्रबार बोलाइएको छ । ‘बैठकमा सबैका विचार आउँछन् । त्यसपछि एउटा निष्कर्षमा पुग्छौं,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने ।
 
गत मंगलबार समन्वय समिति बैठकमा माओवादी अध्यक्ष दाहालले वैशाखरजेठमा संघीय र कात्तिकरमंसिरमा स्थानीय तहको चुनाव गर्ने प्रस्ताव गरेका थिए । यही विषयमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच बिहीबार बालुवाटारमा छलफल भएको हो । 
 
गठबन्धनमै रहेका दलहरूभित्र भने दाहालको प्रस्तावमाथि पर्याप्त छलफल भएको छैन । कतिपयले स्थानीय चुनाव धकेल्न लागेको भनेर दाहालको आलोचना गरिरहेका छन् । चुनावको मितिबारे दाहालको प्रस्तावलाई एकीकृत समाजवादीका अध्यक्ष नेपालको भने समर्थन देखिएको छ ।
 
स्थानीय चुनाव वैशाखमा गराउन निर्वाचन आयोगले लगातार सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराइरहेका बेला दाहालले कात्तिकरमंसिरको प्रस्ताव गरेका हुन् । प्रतिनिधिसभा पूरा कार्यकाल रहनुपर्नेमा सत्ता गठबन्धनले जोड दिइरहेका बेला सत्ता घटक माओवादी केन्द्रका अध्यक्ष दाहालले वैशाखरजेठमा नै किन संघीय चुनाव चाहेका छन् त? निकट नेताहरूका अनुसार मूलतः गठबन्धन सुनिश्चित गर्ने रणनीतिक कदमका रूपमा उनले अगाडि संघीय चुनाव गराउने प्रस्ताव गरेका हुन् ।
 
संघीय चुनाव घोषणा भए एमसीसी सम्झौतालाई तत्कालका लागि पन्छाउन सकिने पनि उनको बुझाइ छ । यस्तै बुझाइ एकीकृत समाजवादीका अध्यक्ष नेपालको पनि छ । ‘संविधान र स्थानीय निर्वाचन ऐनअनुसार नै स्थानीय चुनाव हुनुपर्छ र हुन्छ भन्नेमा अध्यक्ष दाहाल ढुक्क हुनुहुन्छ ।