Trending :
 

विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रधानमन्त्री देउवाको भनाई

माघ ०७,२०७८

-आस्था न्यूज

माघ ७, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् ।
 
आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कामहरुबारे जानकारी दिए । उनले अघि भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । 
 
छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ । जनतामा आशा र भरोसा बढेको छ ।’
 
यद्यपि यसमै सन्तोष गरेर नबस्ने तथा विकास र समृद्धिको यात्रालाई थप गति दिने बताएका छन् ।