Trending :
 

ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्ने आशा

माघ १०,२०७८

-आस्था न्यूज

माघ १०, २०७८ काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को युरोप क्षेत्रीय निर्देशक डा। ह्यान्स क्लूले ओमिक्रोनपछि युरोपमा कोरोना महामारी अन्त्य हुन सक्ने सम्भावना रहेको बताएका छन् । आगामी मार्चसम्म ६० प्रतिशत युरोपेली नागरिक ओमिक्रोनबाट संक्रमित हुने सम्भावना रहेको उल्लेख गर्दै उनले युरोपमा छिट्टै महामारी अन्त्य हुन सक्ने बताएका हुन् ।
 
ओमिक्रोन फैलिइसकेपछि केही समयपछि संक्रमण कम हुने उनले समाचार संस्था एएफपीसँगको कुराकानीमा भनेका छन् । संक्रमणकै कारण ‘वैश्विक प्रतिरक्षा’ वा खोपका कारण बनेको प्रतिरक्षा प्रणालीले महामारी अन्त्यको दिशामा जाने उनको भनाइ छ ।
 
‘यो वर्षको अन्त्यतिर कोरोना संक्रमण कम हुनेछ, तर फेरि महामारीकै रूपमा फर्किन्छ भन्ने होइन,’ उनले भने । तर कोरोनालाई अहिले नै स्थानिक प्रकोप (इन्डेमिक) का रूपमा लिन भने नहुने उनको चेतावनी छ । ‘यहाँ धेरैले इन्डेमिकको कुरा गरेका छन् । तर भाइरसले हामीलाई धेरै पटक झुक्याएको छ । त्यसैले निकै सावधानी अपनाउनुपर्ने छ,’ उनले भने । त्यस्तै ओक्रिोन छ्यापछ्याप्ती भएसँगै कोरोनाको अर्को भेरिएन्ट पनि देखिन सक्ने उनको चेतावनी छ ।
 
डब्लूएचओका अनुसार युरोप, मध्य एसियामामा नयाँ केसमध्ये १५ प्रतिशत९जनवरी १८ को तथ्यांकअनुसार० ओमिक्रोन भेटिएको छ । अघिल्लो हप्ता उक्त संख्या ६.३ प्रतिशत थियो ।
 
डा। क्लूले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि मानिसहरूले आफ्नो व्यक्तिगत उत्तरदायित्व पनि पूरा गर्नुपर्ने बताए । यदि तपाईंलाई सन्चो छैनजस्तो लाग्छ भने घरमै बस्नुहोस् । आफै परीक्षण गर्नुहोस् । यदि पोजिटिभ देखियो भने आइसोलेसनमा बस्नुहोस्,’ उनले भने ।
 
‘कोरोना महामारी अन्त्यका लागि खोपको चौथो मात्रा पनि छ?’ भन्ने प्रश्नमा उनले भने, ‘हामीलाई थाहा छ खोपको प्रत्येक मात्रा लगाइसकेपछि प्रतिरक्षा प्रणाली बढ्छ ।’
 
अमेरिकी राष्ट्रपतिका प्रमुख चिकित्सा सल्लाहकार तथा वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले पनि अमेरिकामा कोरोना केस घटिरहेको बताएका छन् । यसले पनि ‘महामारी रोकथाम सही बाटोमा गइरहेको’ अनुमान गर्न सकिने उनको भनाइ छ ।
 
कोरोना महामारीका कारण विश्वभर करिब ५६ लाखको मृत्यु भएको छ । त्यसमध्ये १७ लाख युरोपकै रहेका छन् ।