साताको अन्तिम दिन सामान्य सुधारियो शेयर बजार
-आस्था न्यूज
माघ १३, २०७८ काठमाडौं ।
साताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । तर, कारोबार रकममा भने गिरावट जारी छ ।
यसअघि लगातार चार दिनसम्म बजार घटेको थियो । बिहीबार भने ३.३३ अंकले बजार बढेर २७७९.९८ विन्दुमा पुगेर रोकिएको छ ।
बिहीबार कुल २२४ कम्पनीको ५० हजार ९ सय ६५ वटा कारोबारबाट ६६ लाख ७५ हजार २ सय ३१ कित्ता शेयर किनबेच भएको छ । यो किनबेचका क्रममा ३ अर्ब ३४ करोड ३४ लाख ३ हजार ६ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार निर्जिवन बीमाका लगानीकर्ताले बढी कमाए ।
बैंक, व्यापार, होटेल-पर्यटन, विकास बैंक, जीवन बीमा र म्यूचअल फण्ड उपसमुह राताम्य रहे । अन्य उपसमूह भने हरियो देखिए । बिहीबार वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १०-१० प्रतिशतले बढ्यो ।
सीइडीबी हाइड्रो, अजोड इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टलगायत कम्पनीका लगानीकर्ताले समेत बढी कमाए । धेरै गुमाउने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक, यूनाइटेड आइडीआइ मार्दी, नविल इक्विटी फण्डजस्ता कम्पनीका लगानीकर्ता भने सबैभन्दा बढी गुमाउनेमा परे ।