Trending :
 

गठबन्धनका शीर्ष तीन नेताबीच आसन्न निर्वाचनका विषयमा छलफल

माघ १४,२०७८

-आस्था न्यूज

माघ १४, २०७८ काठमाडौं ।
सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । 
 
भेटमा बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षाका साथै आसन्न तिनै तहको निर्वाचनका सन्दर्भमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । उनका अनुसार यी विषयमा छलफल भएपनि सहमतिबारे भने जानकारी हुन नसकेको बताए । 
 
यस्तै बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री बीचको छलफलका विषयमा पनि कुराकानी भएको बताइएको छ । बिहीबार प्रधानमन्त्री देउवालाई शीतल निवास बोलाएर राष्ट्रपतिले स्थानीय निर्वाचन वैशाखमै गर्न दवाव दिएकी थिइन् ।