Trending :
 

आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक माघ २६ का लागि सारियो

माघ १६,२०७८

-आस्था न्यूज

माघ १६, २०७८ काठमाडौं।
आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेका लागि सारेको हो ।
 
संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो ।
 
महासचिव गौतमका अनुसार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० अनुसार बैठक सारिएको हो । यसअघिसमेत बैठक सूचना सार्वजनिक गर्दै सर्दै आएको छ ।