एमसीसी संसदमा दर्ता भए मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्छः सचिव अर्याल
-आस्था न्यूज
माघ १७, २०७८ काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदमा दर्ता भएको अवस्थामा मात्रै आफ्नो पार्टीले धारणा स्पष्ट पार्ने बताउनुभएको छ । आज सोमवार पार्टीको केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको छ ।
एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भए पनि संसदमा दर्ता हुनेरनहुने यकिन नभएको बताउँदै सचिव अर्यालले भन्नुभयो, ‘एमसीसीको सन्दर्भमा सरकारले अहिले छलफल अगाडि बढाउन खोजिरहेको छ, त्यो एमसीसी संसदमा दर्ता हुन्छ कि हुँदैन भन्ने कुनै यकिन छैन ।
त्यसैले त्यो विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ । जतिबेला त्यहाँ दर्ता हुन्छ त्यो बेला एमालेले आफ्नो पोजिशन क्लियर गर्नेछ ।’
पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा चुनावको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिनुभयो ।
यस्तै उहाँले स्थानीय तहको चुनाव मिति छिटो भन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब दिनुभयो ।