सेयर परिसूचक १९ दशमलव २९ अंकले बढ्यो
-आस्था न्यूज
माघ १८, २०७८ काठमाडौं।
सेयर बजारको परिसूचक नेप्से २९ सय अंक नजिक पुगेको छ । मंगलबार १९.२९ अंक बढेसँगै परिसूचक २८९१ अंकमा पुगेको हो । परिसूचक मात्रै नभई कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज बढेर ६ अर्ब ५६ करोड पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ८१, फाइनान्स ३६, जलविद्युत १०९, लघुवित्त ४९, निर्जीवन बीमा ९१ र अन्य उपसमूह १ अंकले बढे । होटल तथा पर्यटन २, जीवन बीमा १३, व्यापार ५ तथा उत्पादन उपसमूह १३ अंकले घटे । १४८ कम्पनीको मूल्य बढ्दा ३६ को घट्यो भने ६ को स्थिर रह्यो ।
विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । नेसनल हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, अपी पावर, माथिल्लो तामाकोसी र जलविद्युत लगानी तथा विकास कम्पनी कारोबारका आधारमा क्रमशः अगाडि रहे ।