Trending :
 

साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घट्यो

माघ २०,२०७८

-आस्था न्यूज

माघ २०, २०७८ काठमाडौं ।
 
कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । १४.५८ अंकले घटेर नेप्से २८७६ अंकमा कायम भएको छ । 
 
यस दिन कारोबार सुरु भएको ७ मिनेटमै परिसूचक २९२५ अंक पुगेको थियो । त्यसपछि केही घटेको नेप्से फेरि ११ः ३९ बजे २९२४ अंकमा पुग्यो । सो समयपछि बजार बन्द हुँदासम्म नै घट्न पुग्यो ।  
 
कुल ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ । बैंकिङ ६, विकास बैंक ५४, फाइनान्स ३३, होटल तथा पर्यटन ३८, जीवन बीमा १७३, उत्पादन ७९, लघुवित्त ५४, अन्य ९ र व्यापार उपसमूह २२ अंकले घटे । जलविद्युत् ६ र निर्जीवन बीमा उपसमूह १२ अंकले बढे ।
 
कुल ४५ कम्पनीको मूल्य बढ्यो भने १३७ को घट्यो । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । बुद्धभूमि हाइड्रोपावरको ९.७ प्रतिशतले मूल्य बढ्यो भने साहस उर्जा र अरुणभ्याली हाइड्रोको मूल्य क्रमशः ६ र ५.३ प्रतिशतले बढ्यो ।
 
कारोबार रकमका आधारमा अरुणभ्याली हाइड्रोपावर, अपी पावर, शिखर इन्स्योरेन्स, नेसनल हाइड्रोपावर र जलविद्युत लगानी तथा विकास कम्पनी क्रमशः सबैभन्दा अगाडि रहे ।