Trending :
 

सभामुखलाई कांग्रेसले महाभियोग लगाउन प्रस्ताव ल्याए एमालेले साथ दिन्छः रायमाझी

माघ २०,२०७८

-आस्था न्यूज

माघ २०, २०७८ काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले, नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् । यद्यपि आफूहरुले नै अग्रसर भएर महाभियोग लगाउनेबारे नसोचेको उनको स्पष्टोक्ति थियो ।
 
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताए । ‘सभामुख विधिसम्मत रुपमा चल्नुभएन । यदि कांग्रेसले महाभियोग लगायो भने हामी साथ दिन्छौं,’ उनले भने, ‘हामी आफैंले महाभियोग लगाउनेबारे सोचेका छैनौं । महाभियोग लगाउन हामीसँग बहुमत पनि छैन ।’