Trending :
 

यथास्थितिमा एमसीसी पारित हुँदैनः प्रचण्ड

माघ २०,२०७८

-आस्था न्यूज

माघ २०, २०७८ काठमाडौं ।
नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा एमसीसी पारित नहुने वताउनुभयो । माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल वैठकलाई आज सम्वोधन गर्दे अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिविना एमसीसी अघि नवढ्ने बताउनुभएको हो ।
 
एमसीसीलाई हतियार बनाएर गठवन्धन तोड्ने, राजनीतिक बातावरण विगार्न र प्रतिगमनमा देशलाई लैजाने षड्यन्त्र असफल भएको भन्दै प्रचण्डले एमसीसी विषयलाई लिएर गठवन्धन नटुट्ने बताउनुभयो । देश निर्वाचनकेन्द्रीत हुन थालेकाले पार्टीलाई गाउँ केन्द्रीत कार्यक्रम वनाएर परिचालन गर्न् उहाँले निर्देश गर्नुभयो ।
 
अर्थमन्त्री जनार्दन शर्माले पार्टी नेता कार्यकर्ता उत्पादनमा जोडिएर मात्र अवको पार्टीलाई ब्यवस्थित वनाउन सकिने बताउनुभयो । हरेक पार्टी सदस्य उत्पादनमा जोडिएर मात्र समाजवादको आधार तयार हुने भएकाले अवको संगठन उत्पादन केन्द्रीत वनाउनु पर्ने उहाँले बताउनुभयो ।
 
प्रदेशस्तरीय भर्चुअल वैठकमा कर्णाली प्रदेशका १० वटै जिल्लाका संयोजक, प्रदेश समिति सदस्य, पार्र्टीका केन्द्रीय सदस्य र जनवर्गिय संगठनका नेताहरुको सहभागिता रहेको सो पार्टीका नेताहरुले बताउनुभएको छ ।