Trending :
 

आज फेसबुकको स्थापना भएको दिन

माघ २१,२०७८

-आस्था न्यूज

माघ २१, २०७८ काठमाडौं ।
 
सन् २००४ को ४ फेब्रुवरीमा सामाजिक सञ्जाल फेसबुकको स्थापना भएको थियो । सन् २००४ मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा हुँदा सँगै बस्ने सहपाठी साथीहरू,  एडवार्डो साभरिन, डस्टिन मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर फेसबुकको स्थापना गरेका हुन्। 
 
वेबसाइटले सुरूमा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरू माझ मात्र सीमित फेसबुक अहिले प्रायः देशमा प्रयोगमा छ । सामाजिक नेटवर्क सेवा फेसबुकका १ अर्ब भन्दाबढी सक्रीय कार्यकर्ता छन् ।
 
प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन्। आफ्नो प्रोफाइल अध्यावधिक गरी साथीहरूलाई उनीहरूबारे जानकारी समेत गराउँदछन्।