Trending :
 

प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच भेटवार्ता हुने

माघ २३,२०७८

-आस्था न्यूज

माघ २३, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष नेता केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार अपरान्ह ४ बजे अध्यक्ष ओली बालुवाटार जाने भएका हुन् । 
 
अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाइँका​ अनुसार समसामयिक विषयमा छलफल हुने छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले  आज देउवासँग भेटवार्ता गर्न लागेका हुन् । आजको भेटमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने बताइएको छ । साथै ओलीसँग एमाले महासचिव शंकर पोखरेल पनि भेटमा जाने भएका छन् ।
 
देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक ओली बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीबाट बहिगर्मनपछि असार ३० गते ओलीले बालुवाटार छोडेका थिए । यसअघि पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए । त्यसपछि पहिलो पटक देउवा र ओलीबीच भेटवार्ता हुँदैछ ।