Trending :
 

आयातमा थप कडाइ गर्नुपर्ने पाल बैंकर्स परिसंघको निष्कर्ष

माघ २३,२०७८

-आस्था न्यूज

माघ २३, २०७८ काठमाडौं ।
 
बैंक तथा वित्तीय संसथाका सञ्चालकहरुको छाता संगठन नेपाल बैंकर्स परिसंघ (सिविफिन)ले आयातमा थप कडाइ गर्नु पर्ने निष्कर्ष निकालेको छ । 
 
पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य रकम (तरलता) समस्याका विषयमा अध्ययन गर्न सिविफिनले उपेन्द्रप्रसाद पौड्यालको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । उक्त अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्दै सिविफिनले आयातमा थप कडाइ गर्नुपर्ने निष्कर्ष सुनाएको हो ।
 
चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो ४ महिनामा कुल ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्षमा १० प्रतिशतले घटेको आयात यस अवधिमा ६१.६ प्रतिशतले बढेको छ । यसरी आयातमा बढी खर्च हुँदा पूँजी निर्माण हुन नसकिरहेकाले तरलतामा चाप परेको सिविफिनको निष्कर्ष छ ।
 
आयातमा थप कडाइ गरी सम्पूर्ण प्रतितपत्रबाट आयातित वस्तुमा शतप्रतिशत नगद मार्जिन गर्नसकेन केही हदसम्म तरलतामा सहज स्थिति आउन सक्ने र यसले स्वदेशी वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन मिल्ने सिविफिनले बताएको छ ।