Trending :
 

प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको बाबुराम भट्टराईको टिप्पणी

माघ २४,२०७८

-आस्था न्यूज

माघ २४, २०७८ काठमाडौं।
 
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइजिब्रे प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
 
उनले ट्वीटरमा लेखेका छन्, भित्रभित्र  राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद बाहिर माओवाद । नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइ जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दै बन्दैन।
 
पूर्वप्रधानमन्त्रीी समेत रहेका भट्टराईले एमसीसी गिजोल्दै गए परिणाम गम्भीर हुनसक्ने बताए । एमसीसी जुन ढंगले गिजोलिँदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है, उनले लेखेका छन् । उनी एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्रले एमसीसी संशोधन विना पास गर्न नहुने बाहिरी अडान राखेको छ ।