Trending :
 

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

माघ २४,२०७८

-आस्था न्यूज

माघ २४, २०७८ काठमाडौं ।
 
सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले यसबारे जानकारी दिएका हुन् । यद्यपि मन्त्रिपरिषद्‍को बैठक अहिले चलिरहेको छ ।
 
मन्त्रिपरिषद्‍को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए ।
 
आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो ।