Trending :
 

एमालेले सातै प्रदेशमा चुनाव केन्द्रित प्रशिक्षण गर्ने

माघ २५,२०७८

-आस्था न्यूज

माघ २५, २०७८ काठमाडौं ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो । 
 
केन्द्रीय सदस्य आइन्द्रसुन्दर नेम्वाङले सातै प्रदेशमा फागुन १ गतेदेखि १७ गतेसम्म चुनावकेन्द्रित प्रशिक्षण कार्यक्रम हुन लागेको जानकारी दिए ।