Trending :
 

कर्णाली मन्त्रिपरिषद्‍ समावेशी बनाउन माग गर्दै उच्च अदालतमा रिट

माघ २५,२०७८

-आस्था न्यूज

माघ २५, २०७८ काठमाडौं ।
कर्णाली प्रदेशको मन्त्रिपरिषद्‍ विस्तार गर्दा समावेशी नगरिएको भन्दै उच्च अदालतमा रिट परेको छ । मंगलबार अधिवक्ता शेरबहादुर खत्री र ईनसेक अधिकृत टीका विष्टले उच्च अदालत सुर्खेतमा रिट दर्ता गरेका छन् ।
 
संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्तलाई लत्याएर एकलौटी तरिकाले मन्त्रिपरिषद्‍ विस्तार गरिएको भन्दै प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई विपक्षी बनाएर रिट हालिएको हो ।
 
संविधानको धारा १६८ ९९० मा समावेशी सिद्धान्तका आदारमा प्रदेश सभामा रहेका सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुनेगरी मन्त्रिपरिषद्‍ गठन गर्नु पर्ने प्रावधान छ ।
 
महिला र दलितको प्रतिनिधित्व हुने गरी पुनः मन्त्रिपरिषद्‍ विस्तार गर्न आदेश जारी गर्न माग गर्दै रिट दायर गरेको ईनसेक अधिकृत टीका विष्टले बताइन् । नियुक्त भएका मन्त्रीहरूको कामकारबाही रोक्न र समावेशी सिद्धान्तका आधारमा महिला र दलितको प्रतिनिधित्व हुने गरी पुनस् मन्त्रिपरिषद्‍ विस्तार गर्न आवश्यक रहेको रिटमार्फत् औंल्याइएको छ ।
 
प्रदेश सरकारले संविधानको र्ममलाई लात हानेर समावेशी सिद्धान्त नै पन्छाएको पनि रिटकर्ताहरूको आरोप छ । आइतबार ५ जना मन्त्री थपेर कर्णाली प्रदेशको मन्त्रिपरिषद्‍लाई पूर्णता दिइएको थियो ।