अन्तराष्ट्रिय प्रसङ्ग:
उत्तर कोरियाली सामुद्रिक सीमानामा अमेरिकी युद्धक विमान
-एजेन्सी
बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुवाम र जापानको ओकिनावाबाट उडेको बताइएको छ । कोरियाली आकासमा अमेरिकी युद्धक विमानको आगमनले अमेरिका र उत्तर कोरियाबीचको तनावमा थप वृद्धि हुने देखिएको छ ।
‘सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर अमेरिका र सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तयार छौं । यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष हो,’ विज्ञप्तिमा भनिएको थियो ।
यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा उत्तर कोरियाली विदेशमन्त्रीको सम्बोधन सुनिसकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनको पक्षमा बोलेको भन्दै ट्विटमार्फत् विदेशमन्त्री री योङ होलाई चेतावनी दिएका छन् ।
‘भर्खरै उत्तर कोरियाका विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघीय महासभामा बोलेको सुनें । यदि उनको सोचाइ ‘रकेट म्यान’ को रुपमा आएको भने त्यो लामो समय टिक्दैन,’ ट्रम्पले गरेको ट्विटमा लेखिएको छ ।
उत्तर कोरियाका विदेशमन्त्री रीले महासभामा गरेको सम्बोधनमा ट्रम्पले एसियाली मुलुकलाई हेपाहा प्रवृत्ति राखिरहे अमेरिकी भूभागमा रकेट आक्रमण निश्चितप्राय रहेको बताएका थिए ।
‘अमेरिकी राष्ट्रपतिको मन्द बुद्धि र यथेस्ट व्यवहारका कारणले मेरो देशलाई रकेटसँग तुलना गर्दै सार्वभौमिकतामाथि उनले प्रश्न उठाउन खोजे । उनले त्यस्तो गरेर हाम्रो रकेट उनको मुख्यभूमिसम्म पु¥याउन खोजेको देखिएको छ,’ रीले बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पलाई दिमागी समस्या भएको मान्छे भन्दै विदेशमन्त्री रीले शनिबार महासभामा अमेरिकालाई चेतावनी दिएका थिए ।