Trending :
 

अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीको चिसोले मृत्यु

माघ २७,२०७८

-आस्था न्यूज

माघ २७, २०७८ काठमाडौं । 
अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीहरूको गत साता चिसोको कारण मृत्यु भएको छ। टर्की र ग्रिसको सीमा नजिकै चिसोले कठ्यांग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
 
मृत्यु हुनेमा नेपालीहरू पनि रहेको हुन सक्ने आंशका गरिएको छ। हालसम्म १९ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् ।
 
ग्रीसको सीमा बलले आप्रवासीहरूलाई टर्कीतर्फ फर्काउँदै अलपत्र छोडिदिएको हुँदा उक्त घटना घटेको टर्कीका अधिकारीहरूले बताएका छन्त । तर, ग्रिसका अधिकारीले यसको खण्डन गर्दै आफ्ना कारणले कसैको पनि मृत्यु नगएको बताएका छन् । घटनाप्रति युरोपेली युनियनले चिन्ता प्रकट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।