Trending :
 

फेरि काठमाडौंको मेयरमा उठ्ने विद्यासुन्दर शाक्यको भनाई

माघ २७,२०७८

-आस्था न्यूज

माघ २७, २०७८ काठमाडौं ।
काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नेकपा एमालेले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन् । 
 
काठमाडौं महानगरपालिका-२१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बिहीबार महानगर प्रमुख शाक्यले फेरि आफ्नो दाबेदारी रहने बताएका हुन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताएका हुन् । 
 
शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरूको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए । ‘आगामी निर्वाचनका लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौं । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो, उनले भने,महानगरवासीको चाहना के छ? त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो । होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं ।
 
महानगर प्रमुख शाक्यले विकास निर्माणका काम निरन्तर रूपमा चल्ने बताए । विकास निर्माण अब सकियो भन्ने नहुने उनको भनाइ थियो । आफ्नो कार्यकालका उपलब्धिबारे उनले भने, हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौं । शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’
 
शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए । उनले महानगरको नीतिअनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने प्रतिवद्धता जनाए ।