Trending :
 

भोलिका लागि तय भएको माओवादी केन्द्रको बैठक स्थगित

माघ २७,२०७८

-आस्था न्यूज

माघ २७, २०७८ काठमाडौं ।
माघ २८ गतेबाट बस्ने तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 
 
यसअघि माघ २८ र २९ गते बैठक बसेर केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, स्थायी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिने बताइएको थियो ।