Trending :
 

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने ओलीको दावी

माघ २८,२०७८

-आस्था न्यूज

माघ २८, २०७८ काठमाडौं । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघको अब हुने निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । 
 
शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभराम्भ गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थानीय तह निर्वाचनप्रति सरकार सकारात्मक नहुनुमा विगतमा एमालेले ल्याएको परिणाम रहेका पनि बताए ।
 
उनले भने, ‘एमालेको बर्चस्व यिनीहरुलाई बिझाइरहेको छ । अब आउँदो निर्वाचनमा बहुमत जित्छौ । के गर्लान् विचराहरु रु’ ओलीको भनाइ छ । उनले चेतावनीको शैलीमा भने,  ‘म भन्न चाहान्छु । भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउँछौ ।’
 
उनले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिए । ‘हामी कसैलाई निर्वाचनबाट भाग्न दिने छेनौ, मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने सपना नदेखे हुन्छ ।’ उनले एमाले जनप्रतिनिधिहरुले स्थानीय तहमा अत्यन्तै राम्रो काम गरेको भन्दै उनीहरुको प्रशंसा गर्दै उनले औचित्य र आवश्यकता पुष्टि गर्नेगरी भएका कामप्रति धन्यवाद व्यक्त गरे ।