Trending :
 

गठबन्धन तोड्न षड्यन्त्र जारी रहेकाले सचेत रहन प्रचण्डको आव्हान

फाल्गुण ०१,२०७८

-आस्था न्यूज

फागुन १, २०७८ काठमाडौं ।
 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्। 
 
यो गठबन्धनलाई हरहालतमा सुदृढ गरेर लैजानुपर्छ। गठबन्धन तोड्ने षड्यन्त्र अहिले पनि भइरहेको छ। पहिलो दिनबाटै गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ,’ उनले भेन। उनले प्रतिगमनविरुद्धको आन्दोलनबाट गठबन्धन बनेको भन्दै यसलाई कसैले पनि तोड्न नसक्ने बताए। ‘गठबन्धन कुनै सर्तमा आधारित थिएन। यो आन्दोलनको परिणाम हो। गठबन्धनलाई थप बलियो बनाउन म प्रयासरत छु,’ उनले भने।
 
मधेस प्रदेशले जनयुद्धलाई संस्थागत गर्न अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रचण्डले यहाँबाट धेरै कुरा सिकेको बताए।