गठबन्धन सरकारले कार्यकर्तालाई ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको ओलीको आरोप
-आस्था न्यूज
फागुन ९, २०७८ काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
सत्ताधारी गठबन्धनले नै कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएको उनको दाबी थियो । साथै उनीहरूले सडक भत्काएको र प्रहरीमाथि ढुंगा हानेकोप्रति उनले आपत्ति जनाएका थिए । धेरै खर्च लगाएर बनाइएका सडक उनीहरूले भत्काएको भन्दै उनले प्रदर्शनकारीको गतिविधिप्रति असन्तुष्टि जनाएका थिए ।
सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा नेता ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारुढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाए ।
गठबन्धन दलहरूलाई लक्षित गर्दै उनले सरकारमा भएका क्रान्तिकारीुका कार्यकर्ताले सडक भत्काएको र ढुंगा हानेको आरोप लगाएका हुन् । साथै सरकारमा भएका दलहरूले एमसीसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा पनि विरोध गर्ने भन्दै दोहोरो चरित्र देखाएको उनको आरोप थियो ।
गठबन्धन दलहरूलाई लक्षित गर्दै ओलीले भने, एकथरीलाई सडकमा जाउ भन्ने अर्को थरीलाई सदनमा आउ भन्ने । एमसीसी आफैं टेलब गर्ने आफैं विरोध गर्ने । सत्तारुढ गुट देशप्रति जिम्मेवार बनेकोको छैन । एमसीसी पास गरेर षड्यन्त्र गर्ने र सडकमा नारा लगाउन पठाउने?
उनले आइतबार नयाँ बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेको बताएका थिए । साथै प्रहरीमाथि प्रदर्शनकारीको एकोहोरो प्रहार भएको भन्दै त्यसप्रति ओलीले आपत्ति जनाएका थिए ।